Logo

चिनियाँ गान्सु फोटोग्राफरहरूले गरे नेपालमा फोटो प्रदर्शनी (तस्बिरहरु)



काठमाडौँ । चिनियाँ गान्सु फोटोग्राफरहरूले नेपालमा चीनका विभिन्न स्थानको फोटोहरू प्रदर्शनी गरेका छन् ।

सोमबार ललितपुरको पाटन म्युजियममा ‘उपत्यकाको उत्तरबाट आएको हावा’ नामक प्रदर्शनी भएको हो । प्रदर्शनीमा ४० वटा फोटोहरू राखिएको थियो ।

उक्त प्रदर्शनीको उद्घाटन उपसभामुख इन्दिरा रानाले गरेकी थिईन् । प्रदर्शनीको उद्घाटन गर्दै उपसभामुख रानाले फोटोबाट क्रान्तिको सुरुवात हुने बताईन् ।

तस्बिरहरु: मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्