Logo

राष्ट्रिय सभामा कांग्रेसको प्रमुख सचेतकमा रोकाय मनोनीत



काठमाडौं,१२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायलाई मनोनीत गरेको छ । रोकायलाई सचेतक मनोनीत गरेको संसदीय दलको कार्यालयले जनाएको छ ।

‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्