Logo

एमाले कास्कीको नेतृत्वका लागि पीएस र खगराज समूह आमनेसामने



काठमाडौं,१३ चैत । नेकपा एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनअन्तर्गत मंगलबार मतदान हुँदै छ । केन्द्रीय नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीका नाममा दुई समूह निर्वाचनमा होमिएका छन् । दिउँसो १ः३० बजेदेखि विद्युतीय मतदान गरिने पार्टीले जानकारी गराएको छ ।

अध्यक्षका निम्ति गुरुङ पक्षबाट माधव बास्तोला र अधिकारी समूहबाट बैनबहादुर क्षेत्री उमेदवार छन् । बिहान साढे ८ बजेदेखि उमेदवारको मनोनयनपत्र दर्ता थालिएको छ । दाबी, विरोधपछि दिउँसोदेखि मतदान सुरु गरिनेछ ।

बास्तोलाको प्यानलबाट सचिवमा सुरेन्द्र गुरूङ ले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा शिव आचार्य, खुला उपसचिवतर्फ श्रीराम पोखरेल र महिला उपसचिवमा राधिका योगी शाही मैदानमा उत्रिएका छन् ।

खगराज प्यानलबाट अध्यक्षमा निवर्तमान सचिव बैनबहादुर क्षेत्री र सचिवमा दर्शन लामा उम्मेदवार छन्। उपाध्यक्षमा भेषराज बराल उम्मेदवार छन् ।

खुला उपसचिवतर्फ लालबहादुर परियार रहँदा महिला उपसचिव भने टुंगिएको छैन ।



प्रतिक्रिया दिनुहोस्