Logo

परराष्ट्र मन्त्रीपछि एमाले उपाध्यक्ष पौडेल पनि चीन प्रस्थान



काठमाडौं,१३ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन् । पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेल आज चीन हिँडेका हुन् ।

२६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भागलिन आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि नेपालबाट ९ दिनका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन प्र्रस्थान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot