Logo

इलाम-२ मा सुहाङलाई उम्मेदवार पाउँदा सबै खुसी छन्ः विष्णु रिजाल



काठमाडौं, १३ चैत । नेकपा (एमाले) का नेता विष्णु रिजालले स्वर्गीय सुवास नेम्वाङको सम्मान स्वरुप इलाम– २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिजिभनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ०५६ सालदेखि इलाम–२ मा कायम राख्दै गरेको विरासत यो पटक पनि सुहाङले कायम राख्ने बताए ।

उनले इमाल–२ का जनताले एमालेको उम्मेदवारलाई आफ्नो प्रतिनिधिको रुपमा चयन गर्दै आएको स्मरण गराउँदै सुहाङको जित सुनिश्चित रहेको बताए । सुहाङलाई उम्मेदवार पाउँदा सबै नेता, कार्यकर्ता र इलाम २ का जनता खुसी रहेको उनले बताए ।

‘कार्यकर्ताहरु खुसी छन्, यसलाई सम्मानको रुपमा लिएका छन् । केन्द्रले निर्णय गर्नु पहिला नै मानिसहरुले भनिरहेका थिए– त्यहाँबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउन पर्छ भनेर,’– उनले भने ।

साथै, एमालेको उम्मेदवारलाई माओवादी र एकीकृत समाजवादीको पनि समर्थन रहने उनको दाबी छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु माओवादी र एकीकृत समाजवादीले सुहाङलाई साझा उम्मेदवारको रुपमा स्वीकार गर्नेमा एमाले विश्वस्त रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot