Logo

मधेशका सभामुख मण्डललाई ‘महामूर्ख’ उपाधि



काठमाडौं,१३ चैत । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल महामूर्खको उपाधीबाट सम्मानीत भएका छन् ।

जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यो वर्ष मण्डललाई सो पदवी मिलेको हो । उपाधिसँगै उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।

त्यस्तै, मधेस प्रदेश अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीले पटमूर्खको उपाधि पाएका छन् भने मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर र गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्खको पदवी दिइयो ।

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, इञ्जिनियर सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख र पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधीले सम्मान गरिएको छ ।

त्यस्तै, मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधीले सम्मानित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot