Logo

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने



काठमाडौं,१३ चैत । टी-२० खेलमा आयरल्याण्ड ए विरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले सुरुमा ब्याटिङको निर्णय लिएका हुन् ।

यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी-२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृङ्खला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।

यसअघिको टोलीबाट नेपाली टोलीमा २ परिवर्तन भएको छ। अनिल शाह र विवेक यादवले टोलीम पुनरागमन गरेका छन्। 

अघिल्लो खेलमा टोलीमा रहेका ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरी बेन्चमा छन्। 

भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्नेछ । त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी(२० र एकदिवसीय शृङ्खला खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot