Logo

ढोलाहिटी ‘ग्याङ फाइट’: ५ जना आरोपित सार्वजनिक (तस्बिरहरु)



काठमाडौं,१३ चैत । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा आइतबार राति दुईजनाको हत्या हुनेगरी भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार खोटाङका विजय राई, सुलभ राई, भोजपुरका मुकारुङ राई र काठमाडौँका छेङ्वीहाङ राई विरुद्ध मुद्दा चल्नेछ । उनीहरु यसअघि नै पक्राउ परिसकेका छन् । यस्तै घटनापछि फरार राजु गुरुङको खोजी भइरहेको र उनीविरुद्ध पनि मुद्दा चल्ने प्रहरीको भनाइ छ ।

सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राईको हत्या भएको थियो । होली पर्वका दिन गएको आइतबार राति करिब ९ बजे ढोलाहिटीस्थित सो रेस्टुरेन्टमा दुई समूहबीच झडप भएको थियो । त्यसक्रममा चक्कु प्रहारबाट दुई युवकको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्