काठमाडौं,१३ चैत । टी-२० खेलमा आयरल्याण्ड ए विरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले दुवै ओपनर गुमाएको छ । खेलको २।५ ओभरमा म्याथ्यु फस्टरको बलमा आसिफ शेख आउट भएका हुन् ।
आसिफ शेख एज लागेर विकेटकिपर डोहेनीबाट क्याच आउट भएका थिए । लेन्थको बलमा उनी क्याच आउट भए । पहिलो खेलमा पनि लेन्थको बलमै विकेटकिपरबाट आसिफ १६ रनमा क्याच आउट भएका थिए । आज ९ बलमा समान १ चौका र छक्कासहित ११ रनमा आउट भए ।
त्यस्तै खेलको ४।३ ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भएका छन् । उनी १६ बलमा २५ रन जोडेर आउट भए । ताजा अवस्थामा नेपालले ४३ रनमा २ विकेट गुमाएको छ ।