काठमाडौं,१३ चैत । नेपालले दिएको १९९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्याण्ड ए ले दुवै ओपनर गुमाएको छ ।
खेलको ४ ओभरको अन्तिम बलमा स्टीफन डोहेनीलाई गुमाएको आयरल्याण्डले ५।२ ओभरमा अर्का ओपनर रस आदिलाई पनि गुमाएको छ । आदिर गुलशन झाबाट १७ रनमा क्याच आउट हुँदा डोहेनी कप्तथान रोहित पौडेलको हातबाट २६ रनमा क्याच आउट भए ।
ताजा अवस्थामा आयरल्याण्डले ६ ओभरमा २ विकेट गुमाएर ४६ रन जोडेको छ । नेपालका लागि सोमपाल कामी र कुशल मल्लले समान १ विकेट लिए ।