Logo

केडिया र मिश्रा लोसपाको महासचिवमा बढुवा



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले दुई जना महासचिव थप गरेको छ । अध्यक्ष ठाकुरले आज सहकोषाध्यक्ष विमल केडिया र सचिव मनिषकुमार मिश्रालाई महासचिवमा बढुवा गरेको हो ।

त्यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार नै पार्टीले उपाध्यक्ष पुष्पा ठाकुर र महासचिव मिश्रालाई पार्टीको केन्द्रीय सचिवालयमा मनोनित गरेका छन् । पदाधिकारीमा विभिन्न नेतालाई पदाेन्नति गरेपनि पार्टी छाडेका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झालगायतको नेताको बारेमा पार्टीले केही बोलेको छैन ।

लोसपामा केन्द्रीय पदाधिकारी ६३ सदस्यीय जम्बो टिम रहेको छ । पार्टी पदाधिकारीमा मनपरी नेताहरु मनोनीत गरेको भन्दै यसअघि नै वरिष्ठ नेता राजेन्द्र महतोलगायतले पार्टी छाडिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot