Logo

पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता !



काठमाडौं,१३ चैत । गुल्मीको मालिका गाउँपालिकाको ८ नम्बर वडाले पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिने नियम ल्याएको छ ।

मालिका गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयले सुत्केरी भत्ता प्राप्त गर्न इच्छुक पशुपालक कृषकहरुलाई निवेदनको निम्ति आग्रह गरेको छ । गत साउनयता ब्याएका भैंसीपालक कृषकहरुले सुत्केरी भत्ताका लागि आगामी सात दिनभित्र निवेदन दिनुपर्ने वडाध्यक्ष सूर्यबहादुर घर्तीक्षेत्रीले जानकारी दिए ।

‘मालिका गाउँपालिका पशु शाखाको आ।व २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता वितरण कार्यक्रमको लागि २०८०÷०४÷०१ गतेदेखि ब्याएका भैंसीहरुको सुत्केरी भत्ता प्राप्त गर्न इच्छुक पशुपालक कृषकले तपसिल बमोजिमका मापदण्ड र कागजातसहित सूचना प्रकाशन भएको सात दिनभित्र वडा कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ ’ घर्तीले जारी गरेको सूचनामा भनिएको छ ।

कार्यालयका अनुसार कृषकको घरमै जन्मेको भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्ने छ । त्यस्तै, कम्तीमा तीन जना साँची बस्ने छिमेकीको सर्जमिन मुचुल्का, सुत्केरी भैंसीसँगै सम्बन्धित किसानको प्रस्ट देखिने प्रिन्ट फोटो, घरको लालपुर्जाको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, पशुधनीको बैंक खाताको चेकको फोटो पनि बुझाउनुपर्नेछ ।

यसअघि चितवनको रत्ननगर र सल्यानको बागचौर नगरपालिकाले पनि अघिल्लो कार्यकालमा क्रमस गाई र भैंसीलाई सुत्केरी भत्ता दिने निर्णय गराएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot