Logo

बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,१३ चैत । बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मंगलबार सापकोटा र शर्मासहित शेरबहादुर बस्नेत र शरणकुमार खरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीहरुले चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र नं। ७२६ मिति २०७९।०९।२० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनिमियतता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले सापकोटा र शर्मालाई बिगो ८४ चौरासी लाख पचपन्न हजार छ सय पाँच रुपैयाँ कायम गरी सोही ऐनको दफा ७ र दफा २१ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको रकमको दोव्वर जरिवाना हुने सजायलाई आधारमानी सोही ऐनको दफा २१ वमोजिम आधा सजाय हुन मागदाबी लिएको छ ।



प्रतिक्रिया दिनुहोस्