Logo

कांग्रेसको गैर सरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनित



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैर सरकारी संस्था समन्वय विभागमा १० जनालाई मनोनित गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा। रणबहादुर रावल प्रमुख रहेको कांग्रेस गैर सरकारी संस्था समन्वय विभागको सदस्य मनोनीत गरेका हुन् ।

यी हुन् मनोनीत १ जना सदस्य

-डिल्लीराम गिरी,मोरङ
-सकुन्दराज आर्याल,काठमाडौं
-परमेश्वर महासेठ, धनुषा
-प्रल्हादवावु पन्त, गोरखा
-यज्ञश्वर पौडेल, कास्की
-चूर्णबहादुर चौधरी, दाङ
-भैरवबहादुर विष्ट, वर्दिया
-तिलकबहादुर मल्ल, मुगु
-अम्बीकुमारी थापा, अछाम
-उत्तमराज जोशी, कैलाली



प्रतिक्रिया दिनुहोस्