Logo

गृहमन्त्री लामिछानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको पत्र



काठमाडौं, १३ चैत । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छलफलमा सहभागी हुन पत्र काटेको छ । समितिले गृहमन्त्रालयको काम कारबाहीबारे भोलि (बुधबार) को बैठकमा सहभागी भएर जानकारी गराउन भन्दै पत्र काटेको हो ।

समितिको बैठक धोलि विहान ११ बजे बस्दै छ । बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखसमेतलाई बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot