Logo

उपनिर्वाचनको उम्मेदवारबारे निर्णय गर्न माओवादीले बोलायो पदाधिकारी बैठक



काठमाडौं, १३ चैत । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक आह्वान गरेको छ । भोलि (बुधबार) विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा आसन्न उपनिर्वाचन, प्रदेश सरकारको नेतृत्व र समसामयिक राजनीतिक विषयवस्तुका बारेमा छलफल हुने बताइएको छ ।

आगामी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ–१ (क) मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ । माओवादीले दुवै ठाउँको उम्मेदवार टुङ्ग्याएको छैन । सत्तारुढ दल नेकपा (एमाले) ले भने इलाम र बझाङ दुवै ठाउँमा उम्मेदवार टुङ्ग्याइसकेको छ ।

इलाम–२ मा माओावादीले एमालेकै उम्मेदवारलाई समर्थन गरेर अगाडि बढ्ने सम्भावना प्रवल रहेको बताइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot