काठमाडौं, १३ चैत । कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालकी छोरी आरती भारतको गोवामा हराएकी छन् । मेयर हमालले सामाजिक सञ्जालमार्फत आफ्नी छोरी गोवामा हराएको भन्दै खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । उनले आरती ओशो साधक रहेको समेत बताएका छन् ।
‘मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन् । हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कबिहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।