काठमाडौं,१४ चैत । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा जोडिएका जीवि राईलाई कहिले समात्ने हो भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री लामिछानेलाई राईको बारेमा सोधेका हुन् ।
गृहमन्त्री लामिछानेसँग भने, ‘यसअघिका बैठकमा पनि हामीले सोधेका थियौँ। गृहमन्त्रीले मलेसियामा रहेको र रेड नोटिस जारी भएकोबारे बताउनुभएको थियो। अब ती कहिले समातिन्छन्रु’
उनले यसलाई गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक छलफल भनिएको भन्दै आपत्ति जनाए।
‘यो कस्तो छलफल हो ? यसरी सभापतिले बैठक राख्न पाउनुहुन्न’, उनले भने, ‘आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेर जे पायो त्यही बैठक राख्ने ?यसमा गम्भीर आपत्ति छ।’