Logo

गृहमन्त्रीको जिकिर: सहकारी प्रकरणमा मेरो नामबाहेक केही पनि छैन्



काठमाडौं,१४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनैपनि संलग्नता नरहेको जिकिर गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको विभिन्न प्रश्नको जवाफ दिनेक्रममा लामिछानेले आफ्नो नामबाहेक अरु केही पनि नभएको जिकिर गरेका हुन् ।

‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’

सहकारी ठगीमा लाछिानेको संलग्नता रहेको भन्दै चौतर्फी प्रश्न उठिरहेको छ । सदनदेखि सडकसम्म प्रमुख प्रतिपषी दल नेपाली कांग्रेसले उनको राजीनामा माग्दै आएको छ । संसदको हरेक बैठकमा कांग्रेसले उनको राजीनामा माग्दै अवरुद्ध गरिरहेको छ । कांग्रेसको निरन्तरको अवरोधपछि समितिले आज सो प्रकरणमा छलफलका लागि बैठक डाकेको थियो ।



प्रतिक्रिया दिनुहोस्