Logo

सुदूर सरकार छाड्ने नाउपाको निर्णय



काठमाडौं,१४ चैत । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिने निर्णय गरेको छ ।

आज बसेको पार्टीको संस्थापक केन्द्रीय समितिको बैठकले संघ र प्रदेशमा नयाँ गठबन्धनलाई साथ दिेन निर्णय गरेसँगै प्रदेश सरकारबाट बाहिरिने भएको हो ।

सुदूरमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको छ । नाउपाले सरकार छाड्ने निर्णय गरेसँगै कमलबहादुर शाह नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

यसअघि पार्टीका संस्थापक भनिएका रेशम चौधरीले पार्टीलाई सुदुरपश्चिम सरकारमा सहभागी गराउने निर्णय गराएका थिए ।

यसअघि नाउपाका संरक्षक रेशमलाल चाैधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यकाे बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन नगर्ने निर्णय गरेकाे थियो तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासकाे मत दिन ह्ववीप लगाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्