Logo

जसपासँग आयोगले माग्यो समानुपातिक सांसदको नाम



काठमाडौं,१४ चैत । सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको सांसद पदमा पदपूर्तिका लागि निर्वाचन आयोगले जसपासँग नाम मागेको छ ।

सांसद अन्सारीको गत चैत ४ गते निधन भएको थियो । सिभिल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो। अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य रहेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।

आयोगले ७ दिनभित्रमा नयाँ सांसदको नाम पठाउन भनेको छ । निर्वाचन आयोगको वेबसाइटमा राखिएको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्द सूची अनुसार मुस्लिम महिला कलस्टरको तेस्रो नम्बरमा बाँकेकी २७ वर्षीय हसिना खानको नाम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्