Logo

उपप्रध्यापक चलाउनेलाई कुटपिट गरी फरार रहेका प्रतिवादी पक्राउ



काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गरी फरार रहेका रविन कुमार लामा पक्राउ परेका छन् । उप– प्राध्यापक चलाउनेको जाहेरीले सिराहा गोल बजार नगरपालिका–६ जमदहका लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लामा उप–प्राध्यापक चलाउनेमाथि कुटपिट गरी फरार थिए । उनीसहित विरुद्ध काठमाडौं जिल्ला अदालतले जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय तोकेको थियो । काठमाडौंको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चैत १३ गते लामालाई कपनबाट नियन्त्रणमा लिइएको हो । लामालाई आज जिल्ला अदालत काठमाडौं पठाइएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्