Logo

अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ, यस्तो छ कारण



काठमाडौं,१४ चैत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ परेकी छन् ।

बमलाई मंगलबार अपरान्ह काठमाडौंको नागार्जुनबाट पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रहेकी राजमति भनिने रक्षाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा उजुरी परेको थियो ।

बमलाई रश्मिला धामीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो। कैलालीको धनगढी घर भएकी बमबारे अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot