Logo

अनेरास्ववियुकी नेतृ रक्षा बम निलम्बित



काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम संगठनबाट निलम्बनमा परेकी छन् ।

प्रहरीले पक्राउ गरेपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम निलम्बनमा परेकी हुन् । बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले उनी निलम्बनमा परेको जनाएका हुन् ।

‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रक्रिया अवधिभर क. रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौँ ।’

साथै सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिमाथि उजुरीकै आधारमा निजी जीवनमाथि आक्रमण गर्ने प्रयास भएको भन्दै त्यसमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको पनि बडालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।


अनेरास्ववियुकै नेतृ रश्मिला धामीको उजुरीका आधारमा बम बुधबार पक्राउ परेकी थिईन् । उनीमाथि आपराधिक लाभका लागि कसुर गरेको आरोप लगाईएको छ ।



प्रतिक्रिया दिनुहोस्