Logo

इलाम-२ का आकांक्षीलाई रविले बोलाए वनस्थली



काठमाडौं,१५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न इलाम २ को उम्मेदवार आज तय गर्ने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले उम्मेदवारका सातै जना आकांक्षीलाई पार्टी मूख्यालय वनस्थली बोलाएका छन् ।

रास्वपामा इलाम- २ को प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा।शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो । रास्वपाले उनीहरू मध्येबाट एक जनालाई उम्मेदवार बनाउने छ ।

रास्वपाले एक साता अघिमात्र माओवादी केन्द्र त्यागेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ । इलाम २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि नेकपा एमालेले सुवासपुत्र सुहाङलाई अघि सारेको छ । नेकपा एकीकृत समाजादीले जितबहादुर राई, राप्रपाले लक्ष्मी गुरुङ र पहिचानवादीले डेकेन्द्रसिंह थेगिमलाई मैदान उतार्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने उम्मेदवार तय गर्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्