Logo

एमडीएमएस भ्रष्टाचार प्रकरणः दूरसञ्चारका तीन निर्देशकसहित २० जनाविरुद्ध मुद्दा दायर



काठमाडौं, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाललाई समेत प्रतिवादी बनाएको छ । आज उ(बुधबार) प्रतिवादी २० जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्