Logo

सादा पोसाकका प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं, १५ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएका छन् । सादा पोसाकमा परिचालन हुने घुमुवा प्रहरी गैरव्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै युनिफर्ममै परिचालन गर्न निर्देशन दिइएको हो ।

अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक सबै सादा पोसाकका प्रहरी कर्मचारीलाई तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई कार्यलय प्रमुखबाट उनीहरुको काम कारबाहीको नियमित निगरानी राख्नसमेत भनिएको छ ।

गृहले जारी गरेको परिपत्रमा भनिएको छ, ‘हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयलाई निर्देश गरिएको गृहमन्त्रीको सचिवालयलाई परिपत्र जारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्