Logo

कुटवा पेस्तोलसहित लिम्बु पक्राउ



काठमाडौं, १६ चैत । ताप्लेजुङको फुङलिङ– ९ घर भई हाल काठमाडौं–६ सरस्वतीनगर बस्ने प्रशान्त पराङदेवा लिम्बु पेस्तोलसहित पक्राउ परेका छन् ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

उनलाई नियन्त्रणमा लिई घरमा खोजतलास गर्दा कुटवा पेस्तोलसहित धारिलो चक्कु थान–२, फलामको हम्बर थान १, मोबाईल थान– २ थान बरामद भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्