Logo

कांग्रेस-एमाले मिलेर सरकार बनाउनुको अर्थ छैनः प्रदीप पौडेल



काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको कुनै अर्थ नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिलाई यही ढंगले स्वभाविक रुपमा अगाडि बढाउनुको कुनै अर्थ नहुने बताए ।

नेता पौडेलले संविधान संशोधन गर्ने विषयमा सहमति भएको खण्डमा कांग्रेस–एमाले मिल्न सक्ने बताए । ‘कांग्रेस– एमाले मिल्नुपर्छ भन्ने कुरा पनि आएको हो । तर, मेरो विचारमा कांग्रेस–एमाले मिल्दा संसद्मा प्रतिपक्ष भन्ने नै हुँदैन । संसदीय व्यवस्थामा सत्ता पक्ष र प्रतिपक्ष दुईटा कित्ता हुन्छ । कि त संविधान संशोधनकै विषय छन्, हामीबीचमा त्यो सहमति भएको हो भने कांग्रेस– एमाले मिल्ने कुरा स्वभाविक हुन्छ होला,’– उनले भने ।

संवैधानिक व्यवस्थालाई सुधार गर्ने र सुशासन कायम गर्नका लागि प्रतिवद्धता बोकेर आउने र अस्थिरता भइरहँदाको अवस्थामा निश्चित मापदण्डमा बसेर काम गर्ने भन्दा सहकार्य हुन सक्ने उनको भनाइ छ । तर, एमालेले त्यसरी प्रस्ताव नगरेको उनको दाबी छ । नेता पौडेलले अहिले नै एमाले–कांग्रेस मिल्ने परिस्थिति नबन्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot