Logo

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत



काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्ष अर्यालले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

अर्यालले बिहीबार राजीनामा दिएकी थिईन् । दाहाल र अर्याल दुवै नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । एउटै दलबाट अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुन नसक्ने संविधानका व्यवस्थाका कारण अर्यालले राजीनामा दिएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्