Logo

विद्यार्थीबाट चर्को शुल्क लिने जनज्योति माविका तत्कालीन लेखापाल र विव्यस अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं१६ चैत । विद्यार्थीबाट चर्को शूल्क असुलेर भ्रष्टाचार गरेको आरोपमा दाङका एक जना पूर्व लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले शुक्रबार श्री जनज्योति माध्यमिक विद्यालय, दाङका तत्कालीन लेखापाल चुडामणी पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदिश चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियारले पोख्रेलविरुद्ध ८ लाख ९२ हजार २ सय ६७ रुपैयाँ बिगो माग दाबी गरेको छ भने चौधरीविरुद्ध २ लाख २० हजार बिगो माग दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्