Logo

आयरल्यान्ड ‘ए’को विशाल लक्ष्यविरुद्ध लोकेश बमको शानदार शतक



काठमाठौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले शतक बनाएका छन् ।

टीयु क्रिकेट मैदानमा लोकेशले ५३ बलमा ८ चौका र ८ छक्का हिर्काउँदै १०३ रन बनाएर खेलिरहेका छन् ।

नेपाल ‘ए’ बाट ट्वान्टी–२० क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो पहिलो शतक हो । यसअघि ‘ए’ टिमले क्यानडा–११ सँग खेल्दा एकदिवसीय क्रिकेटमा अनिल साहले शतक बनाएका थिए ।
जारी खेलेको १५.१ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर १८३ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारि २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्