Logo

सुदूर सरकार तत्काल छाड्न संसदीय दललाई रञ्जिताको निर्देशन



काठमाडौं,१६ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार तत्कानल छाड्न सांसदलाई निर्देशन दिएकी छन् ।

आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी छन् ।

१४ गते पार्टी कार्यालय टीकापुरमा बसेको बैठक अनुसार सरकारबाट बाहिर आउन निर्देशन दिँदै पालना नभए पार्टीको विधानअनुसार अघि बढ्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

सुदूर सरकार भत्काउन र जोगाउने निर्णायक देखिएको नाउपामा सरकारमा रहने की छाड्ने भन्नेमा चर्को विवाद देखिएको छ ।

अध्यक्ष रञ्जिता सरकार छाडेर नयाँ गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा छिन् भन उनका श्रीमानसमेत रहका पार्टीका संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको सरकारमा रहनुपर्ने पक्षमा छन् । श्रीमान श्रीमतीको घर झगडाले पार्टीनै विभाजन हुने स्थिति सिर्जना भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्