Logo

माओवादी घटकहरु एक भएर समीक्षा गर्ने बेला आयोः विप्लव



काठमाडौं, १६ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरु एक भएर समीक्षा गर्ने बेला आएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, माओवादीसँग एकताको बहस चलिरहेको समेत उनले बताए ।

दुई तिहाइ बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर अगाडि जानुपर्ने उनको भनाइ छ । साथै, देशको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए । जनयुद्धका विषयमा जनतालाई भ्रमित पार्ने अधिकार कसैलाई पनि नरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्