Logo

खजुरा गाउँपालिका-५ का वडाअध्यक्षले ५० वर्षको उमेरमा दिए एसइई



काठमाडौं, १३ चैत । बाँकेको खजुरा गाउँपालिका–५ का वडाअध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट शेष परीक्षामा सहभागी छन् ।

एसइईको तयारीका लागि उनले वडामा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । एसइई परीक्षा राम्रो गरेर थप उच्च शिक्षाको अध्ययन गर्ने रहर रहेको उनले बताए । पहिला घर परिवारले धार्मिक शिक्षा पढाएको बताउँदै उनले अहिले औपचारिक शिक्षा लिन रहर लागेको बताए ।



प्रतिक्रिया दिनुहोस्