Logo

बागमतीमा एमाले नेता थपलिया मन्त्री नियुक्त हुँदै



काठमाडौं,१७ चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा नेकपा एमाले जगन्नाथ थपलियाको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तय भएको हो ।

स्रोतका अनुसार थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुनेछ ।

 एमालेका थपलिया दोस्रो पटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा पनि आर्थिक मामिला मन्त्री बनेका थिए ।

बागमतीमा रिक्त ६ वटा मन्त्रालयमा चैत्र १५ हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत लिएको केही दिनमा नै एमालेले अरु पनि मन्त्री पठाउने छ । ।

बागमती प्रदेशका १२ मन्त्रालय मध्ये ५ मन्त्रालय अझै पनि मन्त्री विहीन अवस्थामा रहेको छ भने सो मन्त्रालयको कार्यभार मुख्यमन्त्री मातहत नै रहेको छ । ३ मन्त्रालयमा माओवादी केन्द्रका मन्त्री रहेका छन् भने २ मा एकीकृत समाजवादी र १ मा हाम्रो नेपाली पार्टीले नेतृत्व गरिरहेको छ ।

मुख्यमन्त्रीसँग रहेका ५ मन्त्रालयमध्ये ४ वटा एमालेले पाउने निश्चित रहेको छ । एमालेले ५ मन्त्रालय दाबी गरेपनि मुख्यमन्त्रीले भने एउटा आफ्नै पार्टीलाई राखेर बाँकी एमालेलाई दिेन तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot