Logo

रिपोर्टर्स क्लबले आफ्नो उपादेयता जीवन्त बनाएको छः एमाले नेता थापा



काठमाडौं, १७ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले रिपोर्टर्स क्लब नेपालले आफ्नो उपादेयता जीवन्त बनाएको बताएका छन् । आज ( शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले क्लबले सामाजिक, राजनीतिक संवाद र विचारलाई मन्थन गराएर आफूलाई स्थापित गराएको बताएका हुन् ।

‘यसले सामाजिक संवाद, राजनीतिक संवादलाई विभिन्न मतहरुलाई मन्थन गर्ने थलोका रुपमा आफूलाई स्थापित गरेको छ । नेपालका धेरै यस्ता बहसका स्थलहरु बने तर सबै छैनन् । तर, रिपोर्टर्स क्लब छ । यसले आफ्नो उपादेयता राखेको छ । जीवन्त बनाएको छ, निरन्तरता दिएको छ । यो नै यसको विशिष्टता बनेको छ,’– उनले भने ।

आज रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot