Logo

प्रधानमन्त्री प्रचण्डद्वारा समाजसेवी भवानी राई गुरुङ सम्मानित



काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा समाजसेवी भवानी राई गुरुङ सम्मानित भएकी छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा उनी सम्मानित भएकी हुन् ।

‘नेपालको सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल रहनुभएकी तपाईले बेसाहारा वालवालिकाहरुलाई मातृत्वको न्यानो छहारी प्रदान गर्दै विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ । समाजसेवाको क्षेत्रमा सदैव समर्पित रही तपाईंले पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै रिपोर्टर्स क्लब नेपाल तपाईंको समाजसेवी श्री भवानी राई गुरुङज्यूलाई २६ औं बार्षिकोत्सव–२०८० को अवसरमा सम्मान गर्दछ,’– सम्मानपत्रमा भनिएको छ ।

उनी हाम्रो मुस्कान सेवा नेपाल नामक संस्थाको सञ्चालिका हुन् । उक्त संस्थाले असहाय र अनाथ बालबालिकाको हेरचाह र संरक्षण गर्दै आएको छ । बालबालिकाको शिक्षादीक्षा र सर्वाङ्गिन विकासमा विगत एक दशकदेखि उक्त संस्थाको महत्वपूर्ण योगदान रहँदै आएको छ । उनले गरेको सामाजिक कार्यको उच्च मूल्याङ्न गर्दै क्लबले आफ्नो २६औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डको हातबाट सम्मान प्रदान गरेको हो ।

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानन्यायधीस हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरु, सांसदहरु, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक अगुवासहित विविध क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot