Logo

प्रधानमन्त्री प्रचण्डद्वारा गरुडा नगरपालिकाका नगर प्रमुख कलवार सम्मानित



काठमाडौं, १७ चैत । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणिप्रसाद कलवार सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले उनलाई संयुक्त रुपमा सम्मान गरेका हुन् । नगर प्रमुख कलवारले राजनीतिमार्फत् आफ्नो क्षेत्रको आर्थिक सामाजिक, राजनीतिक, सांस्कृति विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै क्बलले आफ्नो वार्षिकोत्सवको अवसरमा सम्मान प्रदान गरेको हो ।

‘नेपालको राजनीतिमा सक्रिय तपाईले राजनीतिमार्फत आफ्नो क्षेत्रको आर्थिक सामाजिक, राजनीतिक, सांस्कृति विकासमा तपाईले महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ । स्थानीय तहको सफल नेतृत्व गरिरहनु भएका तपाई नेपाली राजनीतिको सम्मानित सम्मानित व्यक्तित्व हुनुहुन्छ । आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि महत्वपूर्ण योगदानसहित सक्रिय भूमिका खेल्दै आएको भएको छ । आफ्नो क्षेत्रमा सदैव समर्पित रही तपाईंले पु¥याउनुभएको योगदान प्रशंसनीय छ । तपाईंको यो अतुलनीय योगदानको उच्च कदर स्वरूप रिपोर्टर्स क्लब नेपाल २६औं वार्षिकोत्सव–२०८० को अवसरमा तपाईं श्री कन्थमणीप्रसाद कलवारज्यूलाई विशेष सम्मानद्वारा अभिनन्दन गर्दछ,’– सम्मानपत्रमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot