Logo

सरकारले दोषीलाई सुन पानी छर्किएर उन्मुक्ति दिन्छ भने संसद् अवरुद्ध गर्छौंः सचेतक थिङ



काठमाडौं, १८ चैत । नेपाली कांग्रसकी सचेतक सुशिला थिङले सरकारले दोषीलाई सुन पानी छर्किएर उन्मुक्ति दिने प्रयास गरेमा संसद अवरुद्ध हुने बताएकी छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली वसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसदीय छानविन समिति बनाउन सरकार तयार नभएसम्म आफूहरुको अडान कायमै रहने बताएकी हुन् ।

‘कांग्रेसले सही कुरा उठाउँदा, संसदीय छानविन समितिको कुरा उठाउँदाखेरी सरकारले बेवास्ता गरेर सुन पानीले छर्केकोजस्तो गर्छ भने संसद् अवरुद्ध सरकारले गरेको ठहरिन्छ,’– उनले भनिन् ।

अनुसन्धानको दायरामा बस्नुपर्ने मानिस नेतृत्वमा रहने कुरा स्वीकार्य नरहेको उनले बताईन् । कांग्रेसले सरकारबाट बाहिरिएको पीडा देखायो भनेर भन्नुमा कुनै सत्यता नरहेको उनले बताईन् ।



प्रतिक्रिया दिनुहोस्