Logo

विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कडा कारबाही होस्: सांसद भट्टराईं



काठमाडौं,१८ चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईंले नतिजा कुरिरहेका विद्यार्थीले फेरि एक वर्षपछि परिक्षा दिनुपर्ने अवस्थाबाट त्रिवि कहिलेसम्म गुज्रिरहने हो भन्दै प्रश्न गरेकी छन् ।

त्रिविमा जनसँख्या र शिक्षा संकायअन्तर्गत स्नातक तह प्रथम वर्षको १८३ जनाको उत्तरपुस्तिा केही दिन अघि हराएको भन्दै चैत २१ गते फेरि परिक्षा लिन लागेको छ । यसबारेमा आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईंले लापरबाही गर्नेलाई कारबाही गर्न मागसमेत गरिन् ।

‘गत वैशाखमा परिक्षा लिएको जनसंख्या र शिक्षाको परिचय नामक विषयको परिक्षा दिएका विद्यार्थीहरु नतिजा कुरिरहेका थिए । तर, उनीहरुले नतिजा होईन् । उत्तरपुस्तिा हराएको र पुनः परिक्षा दिनुपर्ने सूचना पढे ’ उनले भनिन् । ‘१८३ जना परीक्षार्थीहरुको उत्तरपुस्तिा हराएको भन्ने समाचारले विधार्थीको भविष्यमाथि खेलबाड भएको छ । यस प्रकृतिको चरम लापरबाही गर्नेलाई जोडदार माग गर्दछु’ ।

गत वैशाखमा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ र ‘फाउन्डेसन अफ एजुकेसन’ विषयको १८३ परीक्षार्थीको उत्तर पुस्तिका हराएको थियो । त्रिविले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समितिलाई उत्तर पुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन दिन कार्यादेश दिइएको छ।



प्रतिक्रिया दिनुहोस्