Logo

दुर्गमकी सांसदको प्रश्न: हिमालमा सुनभन्दा पनि नुन महँगो भइरहेको छ किन ?



काठमाडौं,१८ चैत । राप्रपा सांसद बिना लामाले दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको छ किन ? भन्दै प्रश्न गरेकी छन् ।

आज बत्रसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद लामाले राज्यले गम्भीर भएर नसोच्दा १ ककिलो नुन किन्न घन्टौंसम्म हिँडेर जानुपनेृ अवस्था आएको बताईन् । उनले अरु दिन नसकेपनि कम्तीमा नागरिकलाई सहजरुपमा नुन दिन माग गरिन् ।

‘दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको छ किन ?,’ उनले प्रश्न गरिन् । मुगुका बासिन्दाले नुन नपाएको गुनासो आएको भन्दै उनले घण्टौँ हिँडेर डिपोमा पुगे पनि नुन पाउन नसकेको बताइन् ।

स्थानीय तहमा तीनवटा डिपो भए पनि नुन नपाइएको उनले बताइन् । अहिलेको सरकार र व्यवस्थाले जनताको गरिबी हटाउन सक्दैन भन्दै उनले व्यवस्था बदल्न समेत आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस्