Logo

स्थानीय तहमा मातृभाषाको नाममा मेयर र उपमेयरको भाषा पढाउने परिपाटी बन्द होस्: सचेतक बराल



काठमाडौं,१८ चैत । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले स्थानीय तहले मातृभाषामा विद्यार्थीलाई पढाउने नाममा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यष र उपाध्यक्षले बोल्ने भाषा पढाएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बरालले विद्यार्थी भर्नाका नाममा महंगो शूल्क असुल्ने परिपार्टी पनि अन्त्य गर्न माग गरेकी छन् । ‘विद्यालयमा नयाँ भनाईको समय भएको छ । विद्यार्थी भर्नाका सन्दर्भमा सरकार छ भन्नेकुराको अनुभूति दिलाउनुपर्छ । एकै विद्यालयमा नियमित पढिरहेका विद्यार्थीहरुलाई नयाँ चर्नाजस्तो वाार्षिक शूल्क लिईरहेको छ’उनले भनिन् ‘स्थानीय तहले मौलिक पाठ्यपुस्तक निर्माण गर्ने नाममा गलत तथ्य, विवादित विषय पढाउने र मातृभाषाका नाममा मेयर र उपमोयरले बोलिरहेको भाषा पढाईरहेको गुनासो छ । यो काम तुरुन्त बन्द होस्’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot