Logo

प्रचण्डका घरबेटीले कमलविनायक-नगरकोट सडक अलपत्र पारेः सांसद कोइराला



काठमाडौं, १८ चैत । प्रतिनिधि सभा सदस्य रमा कोइराला पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबेटी भनेर चिनिएका शारदाप्रसाद अधिकारीले कमलविनायक–नगरकोट सडक अलपत्र पारेको बताएकी छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले उक्त बाटो तत्काल बनाउन निर्देशन दिन माग गरिन् । प्रधानमन्त्री प्रचण्डले यस वर्ष विगतका वर्षभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइरहँदा पर्यटकीय गन्तव्य नगरकोट जाने बाटोले भने गिज्याइरहेको बताएकी हुन् ।

‘काठमाडौंको नजिकै नगरकोट पर्यटकीय क्षेत्र हो । कमल विनायकबाट नगरकोटसम्म जाने बाटोको हालत कस्तो छ ? यस्तै हालतले पर्यटकहरु भित्र्यान सकिन्छ ? म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु ।’ उनले भनिन्, ‘त्यो बाटोको ठेक्का प्रधानमन्त्री पहिले बस्नुभएको घरबेटी शारदा नाम गरेका ठेकेदारले बाटो बनाउने जिम्मा लिनु भएको रहेछ । उहाँले आफैं बसेको घरको ठेकेदारले बाटो बनाउन नसक्दा त्यो बाटो तुरुन्त बनाउ भनेर आदेश दिन सक्नुहुन्न ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot