Logo

भिरबाट लडेर मकवानपुरमा एक बालिकाको मृत्यु



मकवानपुर, १८ चैत । मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप बोम्जनको छोरी पूर्णीमा बोम्जनको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot