Logo

कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक मङ्गलबार विश्वासको मत लिने



सुर्खेत, १८ चैत । कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए।

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।

योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot