Logo

बझाङ उपनिर्वाचन: माअ‍ोवादीबाट पूर्व सांसद बुढाको नाम सिफारिस



काठमाडौं,१८ चैत । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आसन्न बझाङ प्रदेश सभा ख को उपनिर्वाचनका लागि जनक बुढाको नाम केन्द्रमा पठाएको छ ।

आज बसेको प्रदेश कमिटिले बुढानको एकल नाम केन्द्य्रमा पठाएको हो । सुदूरपश्चिम प्रदेश सभामा आन्तरिक मामिलामन्त्री समेत रहेका पृथ्वीबहादुर सिंहको निधनपछि वैशाखख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि सत्तारुढ अर्को दल नेकपा एमालेले दामन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माओवादीले उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेपनि त्यहाँ एमालेका उम्मेदवारलाई समर्थन गर्नसक्ने सम्भावना रहेको छ ।

माओवादी केन्द्रका प्रदेश कमिटी सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए । २०७० सालको दोस्रो संविधान सभा सदस्य रहेका बुढाले बझाङ जिल्ला अध्यक्ष र इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्