Logo

समाजवादी मोर्चाद्वारा विचार गोष्ठी आयोजना



काठमाडौं, १८ चैत । समाजवादी मोर्चा, नेपालले विचार गोष्ठीको आयोजना गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम मध्यान्ह १२ बजेदेखि सुरु हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot