Logo

नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट: सभापति देउवा



काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताएका छन् । मङ्गलादेवी सिंह फाउन्डेसनले काठमाडौँ महानगरपालिकाको सहकार्यमा आयोजना गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्याउने महिलाको सम्मान कार्यक्रम’मा उनले महिला सशक्तीकरण भएमा मात्र समानतामूलक समाज निर्माण हुने बताए ।

‘कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीका रुपमा स्थापित गराउनका लागि पार्टीमा आबद्ध महिलालाई अझ बढी सशक्तीकरण गर्दै अगाडि बढ्नुपर्छ, महिलालाई सशक्त बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास मैले लिएको छु,’– उनले भने ।

सभापति देउवाले नेपाली महिलाको हक, अधिकार संविधानमा नै स्थापित गराउने काममा स्व.मङ्गलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।

पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक र महिला, हक अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट दस्तावेजका रुपमा रहेको बताए । सभापति देउवाले कांग्रेसले संविधानअनुसार महिलालगायत सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot