Logo

एसपी बढुवा प्रकरणमा सरकारको सुशासन रटानको धज्जी उड्यो: सांसद केसी



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ८ जना डीएसपीलाई एसपी बढुवा गर्दा सरकारले देखाएको चरित्रले सुशासनको रटानको धज्जी उडेको टिप्पणी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका केसीले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीका पीएसओलाई प्राथमिकता दिँदा पहिलो नम्बारमा रहेका व्यक्ति छुटेको बताउँदै उनले सरकारले दिनहुँ लगाउने सुशासन रटानको ज्जी उडेको बताएका हुन् ।

‘पहिलो नम्बरका डीएसपीलाई बाईपास लगर्दै प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीका मान्छेलाई बढुाव गर्दा सरकारको सुशासनको रटानको धज्जी उड्यो’ उनले भने ‘भनाई र गराईमा ठूलो फरक परेको छ । सरकारको यो चरित्रले सरकारको नारा रटानमा मात्र सिमित देखिन्छ । राज्यको विधि पालना र दण्ड व्यवस्थापनमा करुणवाद, क्षमाको बाहनामा दण्डणिय असुरमा उन्मुक्ति दिने, व्यापत भ्रष्टाचार, जघन्य अपराधमा संलग्नलाई र विधि विहीनतालाई हेर्दा सरकारको नारा केबल नारामात्र देखिन्छ ’ ।



प्रतिक्रिया दिनुहोस्